जेठ २० भित्र काठमाडौं महानगरभित्रका विद्यालयले परीक्षा लिइसक्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 03:40:33 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ ।

महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन महानगरको शिक्षा विभागले निर्देशन दिएको हो ।

अनलाइन÷अफलाइन÷टेलिफोन÷इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न महानगरले भनेको छ ।

जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आज सूचना निकालेर कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा यथाशीघ्र सूचना गरिने बताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved