अपार रोजगारीको संभावना रहेको क्लाउड कम्पुटिङ्गमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 03:08:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अपार रोजगारीको संभावना रहेको क्षेत्र क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नकोलागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (LBEF) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्गमा सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन्।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (APU). मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (B.Sc.IT) र (B.B.M.) विषयमा अध्यापन गराउदै आएको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अबलम्बन गरेको छ ।

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ। सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ। उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिामा दक्ष जनशक्तिको ठूलो माग रहेको छ। यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३ प्रतिशतले रोजगार वृद्धी भएको देखिन्छ। ठूलो संभावनाको क्षेत्र भएकोले २ संस्थाले सहकार्य गरेका हुन् ।

सहकार्य समबन्धि सम्झौता कार्यक्रममा कलेजका अध्यक्ष पंकज जालानले भने “यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौ । साथै यस कार्यकोलागी जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदा अत्यन्तै हर्षित छौं"।

उनका अनुसार जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो । जेनेस क्लाउड एकेडेमीले सुचना प्रविधी र प्रबंधनका विद्यार्थीहरुलाई विभिन्न किसीमका उपकरण तथा श्रोतहरु प्रदान गर्ने लक्ष्य राख्दछ जुन उनीहरुले क्लाउड कम्पुटिङ्गको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुको साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वन गर्न सक्ने छन्।

कलेजक अनुसार यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको कार्यसजगता निर्माण गर्ने हो, जसले उनीहरु क्लाउड कम्पुटिङ्ग क्षेत्रमा सजिलै प्रवेश गर्न सक्षम हुनेछन् । जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फुयालले यस्तो सहकार्यको आवश्यकता माथी जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जी सी ए र जी सी ए का सहयात्री संस्थाहरमा इन्टर्नसीप गर्न पाउने बताएका छन् ।

 कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुको लागी पुर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृती छनौट समितीले गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved