पुस २७ देखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय, परीक्षा के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 02:53:17 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । हालैका दिनहरूमा कोभिड-१९ को संक्रमण तीव्ररूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हने गरी यही २०७८ पौष २७ गते देखि २०७८ माघ १५सम्म विदा दिने निर्णय मन्त्रालयले गरेको हो ।

विदाको उक्त अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत् खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाईदिनुहुन सबै अभिभावकहरूमा मन्त्रालयले अनुरोध गरेको छ । विदाको अवधिमा विद्यालयहरूले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा वसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रवन्ध गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।

 मन्त्रालयको आज बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार नै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  सीसीएमसीको आइतबार बसेको बैठकले कोभिड संक्रमण बढेकोले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सोहि अनुसार मन्त्रालयले आज यसबारे सूचना जारी गरेको हो । 

सीसीएमसीले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले वार्षिक विदामा मिलान हुने गरी आगामी माघ १५ सम्म विदा दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत् सूचना जारी गर्न सिफारिश गर्ने । विदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समुहका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान संचालन गर्न सहजीकरण गर्ने । यस कार्यमा प्रदेश सरकारहरुले सहयोग र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झै आवश्यक सहयोग तथा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् अनुरोध गर्ने निर्णय गरेको थियो ।

त्यस्तै सीसीएमसीले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा वसाई व्यवस्था गरी संञ्चालन गर्न, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र भौतिक दूरीको प्रावधान कडाईका साथ परीपालना गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गर्ने निर्णय गरेको थियो।

शिक्षा मन्त्रालयको आज बैठकले सीसीएमसीको सिफारिसलाई कार्यन्वयनमा लैजाने निर्णय गरेको हो 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved