बेलायतको आइटी र्कोस ‘डिजी स्कुल’ नेपालका ५० भन्दा बढी विद्यालयमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 03:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि तयार गरिएको बेलायतको आइटी र्कोस ‘डिजी स्कुल’ नेपालका ५० भन्दा बढी विद्यालयमा विस्तार भएको छ । बेलायत सरकार मातहतमा दर्ता भई बिद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने नेशनल कम्प्युटिङ सेन्टर युकेले (एनसीसी युके) विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजीलाई नेपालमा डिजी स्कुलले 'डिजी स्कुल पार्टनरसिप प्रोगाम' अन्तर्गत विद्यालयहरुमा लागु गरिएको सञ्चालक बिज्ञान श्रेष्ठले बताए । 

यो डिजी कोर्स पढिसके पछि विद्यार्थीहरुले एनसीसी युकेको प्रमाणपत्र पनि प्राप्त गर्न सक्नेछन् । डिजी स्कुल ग्लोबलले २१ शौं शताब्दीको प्रमुख आवश्यकता तार्किक क्षमता, समस्या सामाधान गर्न सक्ने क्षमता र सञ्चार तथा सहकार्य क्षमताहरुको अभिबृद्धिलाई आत्मसात गरि कक्षा १ देखि १२ सम्मका बिद्यार्थीहरुका लागि  विद्यालयहरुको सहकार्यमा २ बर्ष देखी लागु गर्दै आइरहेको छ ।

कोभिड–१९ को विषम परिस्थितिबाट गुज्रीएको अवस्थामा पनि डिजी स्कुलको कोर्स ५० भन्दा बढी विद्यालयमा लागु गर्न सफल भएका छौं ।, श्रेष्ठ थप्छन्, यहाँबाट नेपाली विद्यालय र अभिभावकको आइटी प्रतिको चासो र लगाव निकै गहिरो छ भन्ने बुझ्न सकिन्छ ।’

डिजी कोर्स प्रमुख रुपमा कोडिङ, कम्प्युटरमा आधारित सोच्ने क्षमता, अनलाइन सुरक्षा र डिजिटल साक्षरतामा आधारित कोर्स हो जसमा विद्यार्थीले विद्यालय तहमै वेबसाईट, र मोबाइल एप बनाउन सिक्नेछन् भने भविष्यमा आइटी अध्ययन गर्न थप सहज हुन्छ ।

यो कार्यक्रम अन्तर्गत विद्यालयहरुमा लागु गर्नको लागि डिजी स्कुलले शिक्षकहरुको क्षमता अभिवृद्धिको लागि पनि विभिन्न प्रकृतिको तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

डिजी कोर्सको सिकाईलाई जीवन उपयोगी बनाउन विद्यालयहरु मै गएर विद्यार्थिहरुलाई विभिन्न परियोजनाहरु संचालन गरिन्छ, जस अनुसार नेपालमै पहिलो पटक विद्यालय तहमा ईन्टरनेट अफ थिङ्स (आइओटि) को निर्माण र प्रदर्शनी गरिने श्रेष्ठ बताउँछन् । डिजिस्कूल पाठ्यक्रम प्रदायक मात्र होइन नतिजा संचालित पाठ्यक्रम कार्यान्वयनकर्ता समेत रहेका श्रेष्ठले बताए । 

नेपालमा डिजी स्कुललाई सफ्टेड ग्रुपले ल्याएको हो । सफ्टेड ग्रुपले लामो समय देखि नेपालमा आइटी र ब्यवस्थापनको विश्व स्तरिय शिक्षा प्रदान गरिरहेका कम्पनीहरुको मातृ सँस्था हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved