सरकारलाई योगेशको प्रश्न, ‘त्रैमासिक परीक्षा आइसक्यो, विद्यार्थीले के लेख्छन् ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 02:23:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुग्नुमा सरकार दोषी रहेको बताएका छन् । उनले त्रैमासिक परीक्षा आउन लाग्दा पनि विद्यालयमा पाठ्यपुस्तक नपुग्नुमा सरकार दोषी रहेको आरोप लगाएका हुन् । 

‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षा सम्मका पुस्तक पुगेको छ, जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन’ उनले संसदमा भने ।

काठमाडौंका ३० प्रतिशत सामुदायिक विद्यालयमा समेत पुस्तक नपुगेको उल्लेख गर्दै सांसद भट्टराईले ‘ढुवानी सहज भएका ठाउँमा पनि पुस्तक पुगेको छैन, दुर दराजको हालत झन के होला ?’ भने ।

समयमै पुस्तक उपलब्ध नहुँदा विद्यार्थीहरु विद्यालय नजाने अवस्था आएको पनि उनले सुनाए । 

‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन् ?’ भन्ने प्रश्न गर्दै नेता भट्टराईले सरकारको जवाफ मागे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved