एसईईमा दिएर बसेका विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 12:17:34 PM मा प्रकाशित

laxmi  sunrise bank

युनिग्लोब सेकेन्डरी कलेजले एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भऐको छ ।  एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको कलेजले जनाएको छ  ।

प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल-कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

फुटसलको विजेता टोलीको लागि नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतिय हुनेले रु २० हजार रुपैयाँ पुरस्कार रासी रहेको छ  । यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फबाट विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतिय हुनेले १० हजार रहेको छ ।

फुटसलतर्फ ६४ वटा टिम र बास्केटबल पुरुषतर्फ ३२ वटा टिम र बास्केटबल महिलातर्फ १६ वटा टिम सहभागी हुने छन् ।

कलेजले  पत्रकार सम्मेलन गरी सम्पुर्ण टिमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमको बारेमा जानकारी दिईएको हो ।

उक्त खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीहरुमात्र सहभागि हुन सक्नेछन्, सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved