स्प्यारो एसएमएस मार्फत एसईईको नतिजा, यस्तो छ हेर्ने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 11:51:05 AM मा प्रकाशित

स्प्यारो एसएमएस मार्फत एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको हो । 

स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन्। विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध गराउने जनाएको छ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् |

जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्,“केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। SPARROW SMS लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ। "

नतिजा एसएमएस मार्फत कसरी हेर्ने ?

1. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्

२. नयाँ SMS लेख्नुहोस्

3. आफ्नो Symbol नम्बर टाईप  गरेर एउटा Space दिनुहोस् 

4. 35001 मा SMS पठाउनुहोस्

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved