एसईईको नतिजा प्रकाशन, यस्ता छन् रिजल्ट हेर्ने १३ तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 04:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा लिईएको एसईई परीक्षाको नतिजा आज बुधबार प्रकाशन गरेको हो । 

यस वर्ष ५ लाख १४ हजार ७ सय ६० जना  परीक्षार्थी सहभागी थिए । यस पटक जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले पनि एसईई दिएका थिए।  

 बोर्डले २०७८ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट , एसएमएस र आइभिआरबाट हेर्न सकिने ब्यबस्था गरेको छ। बोर्डले एसएमस र आईभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्थालाई अनुमति दिदै नतिजा हेर्न सकिने ब्यबस्था गरेको हो।

जस अनुसार जानकी टेक्नोलोजी प्रा.लि., इजी सर्भिस प्रा.लि., र आकाश टेक प्रा.लि.ले एसएमएस सेवा बाट नतिजा दिने छन् भने नेपाल टेलिकमले एसएमएस र आईभीआर दुवै मार्फत नतिजा दिने छ। नतिजा हेर्नको लागि जानकी टेक्नोलोजीको सर्ट कोड ३५००१, इजी सर्भिसको सर्ट कोड ३४९४९ , आकष्ण टेकको सर्ट कोड ३१००३ र नेपाल टेलिकमको सर्ट कोड १६०० रहेको छ। यी नम्बरमा आफ्नो सिम्बल नम्बर टाईप गरेर पठाएर नतिजा हेर्न सकिने छ । त्यस्तै टेलिकमले आईभीआर सेवा पनि दिने भएकोले १६०० मा कल गरेर त्यहाँ आउने निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने छ ।

वेबसाइट अन्तर्गत  परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट www.neb.gov.np, स्प्यारो पे प्रा.लि.को वेबसाइट www.khalti.com,  नीमा एडुकेशन फाउण्डेशन प्रा.लि.को वेबसाइट www.neemaacademy.com,  कान्तिपुर पब्लिकेशन लि.को वेबसाइट www.results.ekantipur.com,  द कनेक्ट प्लस प्रा.लि.को वेबसाइट www.theconnectplus.com,  इडियु संजालको वेबसाइट www.see.edusanjal.com, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र  रिडर्स पोइन्ट प्रा.लि.को वेबसाइट  www.admissionnepal.com बाट पनि नतिजा हेर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved