आइएलटिएस परीक्षा सञ्चालन गर्न नायर र ब्रिटिश काउन्सिलबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 02:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर)ले अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीका लागि आइएलटिएस परीक्षा सुरु गर्न ब्रिटिश काउन्सिलसँग मंगलबार सम्झौता गरेको छ । सम्झौता पत्रमा नायरका तर्फबाट अध्यक्ष प्रेम पाण्डे र ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर म्याक्सिम रइमानले हस्ताक्षर गरेका छन्।

नायर र ब्रिटिश काउन्सिलबीच आइएलटिएस परीक्षामा कसरी सहभागी हुने र राम्रो अंक ल्याउने भन्ने बारे विद्यार्थीहरुलाई नियमित तालिम र कार्यशाला गोष्ठीहरु गर्ने सहमति भएको हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीको हितमा काम गर्न दुवै संस्था सहमत भएका हुन् । 

 नायर सन् २००७ मा स्थापना भएको संस्था हो । नायरले विद्यार्थीहरुलाई इमान्दारिता, नैतिक शिक्षा, अष्ट्रेलियाको उच्च शिक्षा, विषय, उनीहरूले प्रतिनिधित्व गर्ने संस्थाहरूका बारेमा निष्पक्ष जानकारी प्रदान गर्दै आएको छ ।

नायरमा ४० जना शैक्षिक परामर्शदाताहरु रहेका छन् । यी परामर्शदाताहरुले परामर्श गर्दा विद्यार्थीहरु सुरक्षित हुन्छन् र सही सूचना प्राप्त गर्छन् । यसका साथै, अष्ट्रेलियाली शिक्षा प्रवर्द्धन गर्न, बजारमा सचेतना ल्याउन, अष्ट्रेलियाली दूतावाससहित अन्य सरकारी निकायहरूलाई सुझाव र प्रतिक्रिया दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । वर्षमा एकपटक विशेष अष्ट्रेलियाली शैक्षिक मेला सञ्चालन गर्ने, अष्ट्रेलियालाई लोकप्रिय र सुरक्षित अध्ययन गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्य नायरको छ ।

यस्तै, नायरले स्थापना गरेको अष्ट्रेलियन एजुकेसन इन्फरमेसन सेन्टर (एइआइसी) लाई प्रभावकारी बनाउन पनि ब्रिटिश काउन्सिलले सहयोग गर्ने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय, काउन्सिल र शैक्षिक परामर्शदाताहरुले काउन्सिलिङका लागि उक्त सेन्टरको हल प्रयोग गर्न पाउनेछन् । विद्यार्थीहरुले सेन्टरमा रहेको पुस्तकालय तथा त्यहाँका ४२ विश्वविद्यालयका सबै पुस्तकालय निशुल्क प्रयोग गर्न पाउनेछन् । विद्यार्थीलाई लक्षित गरी बनाइएका डिजिटल ल्याब, लाइब्रेरीहरुको प्रवद्र्धन गर्न ब्रिटिश काउन्सिलले सहयोग गर्ने भएको हो ।

नायरले सञ्चालन गर्ने सबै आइएलटिएस परीक्षा, कार्यशाला गोष्ठी, परामर्शहरु एइआइसीको हलमा हुनेछन् । एइआइसीलाई अष्ट्रेलियाबाट पढेर आएका विद्यार्थीहरुको अल्मोनाइ (एएनएए) ले पनि सहयोग गर्दै आएको छ । सन् २०२० को जनवरीमा स्थापना भएको एइआइसी पूर्व अष्ट्रेलियाली राजदूत पिट बडले उद्घाटन गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved