सामुदायिक विद्यालयको लगानी खेर जाँदै, भीरकोटका ८१ प्रतिशत विद्यार्थी फेल

नारायण प्रसाद कोइराला

नारायण प्रसाद कोइराला

Apr 21, 2023 | 07:10:57 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको  बालमैत्री नगरपालिका भीरकोटका सामुदायिक विद्यालयहरूमा लगानी खेर गइरहेको नतिजाले देखाएको छ । विद्यार्थीमा  आवश्यतानुसार शैक्षिक लगानी नहुँदा आधारभूत तह कक्षा ८ को नतिजा निराशाजनक देखिएको छ । भीरकोटमा रहेका  १४ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयहरूको नतिजा हेर्दा आधारभूत तहमा ६० प्रतिशतभन्दा बढी विद्यार्थी फेल भएका छन् । 

पालिकाले  अंग्रेजी, गणित र विज्ञान विषयका उत्तरपुस्तिकाहरू सम्परीक्षण गरी नतिजाको विश्लेषण गर्दा ३ वटा मूख्य विषयमा ३९.२७ प्रतिशत विद्यार्थी मात्रै उत्रिर्ण भएका छन् भने  ६०.७३ प्रतिशत विद्यार्थी फेल भएका छन् । गत शैक्षिकसत्रको कक्षा ८ को  वार्षिक परीक्षामा पालिकाका १९ वटा विद्यालयबाट ४१५ जना विद्यार्थी सहभागी भएका थिए जसमध्ये १६३ जना मात्रै तीन वटा मुख्य विषयमा  उत्रिर्ण भएका छन् ।

संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरूको नतिजा तुलनात्मक रूपमा हेर्दा संस्थागत विद्यालयहरूको नतिजा अब्बल देखिएको छ । संस्थागत विद्यालयबाट १३३ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १०९ जना विद्यार्थीहरू ३ वटा मुख्य विषयमा उत्रिर्ण भएका छन् । संस्थागत  विद्यालयबाट ८१.९५ प्रतिशत विद्यार्थीहरू उत्रिर्ण भएका छन् । संस्थागत विद्यालयहरूमध्ये कन्साइन्स माविको नतिजा पालिकामै सर्वोत्कृष्ट देखिएको छ । 

परीक्षामा  २३ जना  विद्यार्थी सहभागी भएकोमा शतप्रतिशत विद्यार्थी उत्रिर्ण भएका छन् । बालोदय मा। वि। बाट ९७ प्रतिशत विद्यार्थी उत्रिर्ण भएका छन् भने बालज्योति माविबाट ८५ प्रतिशत विद्यार्थी उत्रिर्ण भएका   छन् । बुद्ध मावि र भूपु सैनिक माविको विद्यार्थी उत्रीर्ण प्रतिशत समान अर्थात् ६७ प्रतिशत रहेको छ ।

सामुदायिक विद्यालयहरूको नतिजा केलाउँदा पालिकाको नमुना विद्यालय भाग्योदय माध्यमिक विद्यालयबाट १९ प्रतिशत विद्यार्थी मात्रै उत्रिर्ण भएका छन् । शहिद शुक्र माविको उत्रिर्ण प्रतिशत १४ मात्रै छ  भने दहथुम माविबाट ५३ प्रतिशत विद्यार्थी उत्रिर्ण भएका छन् । सिरूखर्क मावि र सिर्कोट माविको नतिजा शुन्य रहेको छ । 

सामुदायिक विद्यालयहरूमा दहथुम माविको नतिजा राम्रो देखिएको छ । समग्रमा सामुदायिक विद्यालयबाट १९.१४ प्रतिशत विद्यार्थी मात्रै उत्रिर्ण भएका छन्  भने ८०.८६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved