टियुमा राजनीतिक भागबण्डा नगर्ने प्रतिवद्दतामा खरो उत्रिए प्रचण्ड, खुला प्रतिस्पर्धा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 09:16:07 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विश्वबिद्यालयमा राजनीतिक भागबण्डा नगर्ने प्रतिवद्दतामा खरो उत्रिएका छन्। विश्वविद्यालयको उपकुलपतिमा राजनीतिक भागबण्डा हुँदा शैक्षिक स्तर खस्किएको भन्दै आफ्नो कार्यकालबाट यसको अन्त्य गर्ने उनले त्रिभुवन विश्वविद्यालयको दिक्षान्तर समारोहमा प्रतिवद्दता जनाएका थिए। 

उनले भनेका थिए 'आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु। राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल गर्दछु।'

सोहि प्रतिवद्दतालाई कार्यन्वयन गर्नेगरि प्रधानमन्त्री दाहालले संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा समिति गठन गरि उपकुलपति नियुक्तिको प्रकृया अगाडी बढाएका हुन्। 

सोहिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।

समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई  १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारस्थित समितिको कार्यालयमा दरखास्त पेस गर्न आह्वान गरेको छ ।

दरखास्त पेश गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,वैयक्तिक विवरण ३ प्रति, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि,  प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि, विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने छ।

त्यस्तै बढीमा ३००० शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र ( Vision Paper ) तीन प्रति र बढीमा ५००० शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना (Professional Work Plan) तीन प्रति , सोचपत्र ( Vision Paper) र व्यावसायिक कार्ययोजना (Professional Work Plan) पृष्ठको एकातर्फ मात्र लेखेको / टाइप गरेको हुनुपर्ने, पहिलो पृष्ठमा मात्र आफ्नो नाम लेखेर दस्तखत गर्नुपर्ने समितिले उल्लेख गरेको छ। अन्य पृष्ठमा आफूलाई चिनाउने नाम, कुनै चिन्ह वा सङ्केत गर्न नपाइने र छुट्टाछुट्टै सिलबन्दी गरी बुझाउनु पर्ने समितिले जनाएको छ  ।

त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत “त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०" बमोजिम उम्मेदवार छनोट गरिने समितिले उल्लेख गरेको छ।

१६ कात्तिकमा प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved