आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 05:53:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आजदेखि यसवर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परिक्षा सुरु हुँदैछ। परिक्षा आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परिक्षा बोर्डकाअनुसार परिक्षामा परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदैछन।  जसमा यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माकाअनुसार यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।

एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved