चुनावको दिन देशभर पानी पर्ने, आवश्यक तयारी गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 03:30:51 PM मा प्रकाशित

laxmi  sunrise bank

जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बगांल को खाडी मा बैशाख २३ गते देखि उत्पन्न न्यून चापिय अवस्था आईतबारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पुर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।

पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिईएको यस आँधि  निकै तिब्र गतिमा चलेको बताए । सो आँधिको असर भारतको उडिसा लगाएत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने  बैशाख  २८ गते देखि प्रभाव देखिने उनले बताए ।  बैशाख  ३० गते स्थानीय तहको निर्वाचनका दिन बर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए ।

उनले भने  ‘२५ गतेदेखि बंगालको खाँडीमा न्युन चापिय अवस्था समुद्री आँधिको रुपमा विकसित भएको छ । यो न्युन चापिय अवस्था बैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्युन चापिय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधिको रुप लिएको छ । जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधिको नाम दिएको छ । त्यो समुद्री आँधिको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ । उसैपनि बैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानि पर्ने अवस्था थियो । र अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ होला भन्ने एउटा सुझाव । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ । त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ । पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुनसक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ । यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु ।’

जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved