बैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 04:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बैशाख २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय निर्वाचन हुने दिन बैशाख ३० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक विदाबारे गृह मन्त्रालयले आज सूचना जारी गरेको छ । सूचनामा  भनिएको छ ''स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने मिति २०७९ बैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने' नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७९/०१/२५ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।''


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved