मन्थलीको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 08:57:55 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

मन्थली नगरपालिका प्रमुखमा एमालेका लब श्रेष्ठ ९ हजार ७१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद कार्कीले ९ हजार १२२ मत ल्याए ।

उपप्रमुखमा एमालेकी ईश्वरी बस्नेत विजयी भईन् । बस्नेतले ९ हजार १६१ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत ल्याएकी छिन् । 

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुख र ६ वटा वडामा वडाध्यक्ष जितेको छ । एमालेलेबाट वडा नं  २ टेकनपुरमा सुरेन्द्र कार्की, वडा नं ३ कठजोर अर्चलेमा कृष्णगोपाल थापा, वडा नं ८ चिसापानीमा गोपाल श्रेष्ठ, वडा नं ९ पुरानागाउँमा गोकर्णराज आरण, वडा नं १३ फुलासीमा नवराज थापा मगर र  वडा नं १४ माथ्लो फुलासीमा मोतीलाल तामाङ विजयी भएका छन् । 

मन्थली नगरपालिकामा कांग्रेसले ५ वटा वडामा वडाध्यक्ष जितेको छ । वडा नं. १ मा माओवादीसँग गठबन्धन गरेको काँग्रेसबाट रामहरि पौडेल निर्वाचित भएका छन् । वडा नं ४ सालुमा राजन घिमिरे, वडा नं ६ भलुवाजोरमा अशोक तामाङ, वडा नं ७ भटौलीमा भुवनहरि प्रसाईँ र वडा नं १० चनखुमा गोपिलाल तामाङ कांग्रेसबाट निर्वाचित भएका छन् । 

एकीकृत समाजवादीबाट वडा नं ५ सुनारपानीमा नवीन कार्की विजयी भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved