एमालेसँग तालमेल गरेका क्षेत्रमा यी हुन् जसपाका उम्मेदवार (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2022 | 08:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।

नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने छन् ।

पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार हुनेछ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशमै दोहोरिएका छन् ।

त्यस्तै सङ्घीय मन्त्रीद्वय प्रदीप यादव पर्सा १ र मोहम्मद इस्तियाक राई बाँके २ बाट उम्मेदवार बन्ने छन्। पूर्वमन्त्री राजकिशोर यादव सिरहा २ का लागि उम्मेदवार बन्ने छन्। 

जसपाले टुङ्गो लगाएका उम्मेदवारको सूचीः

सुनसरी १ – अशोक राई

सप्तरी ३ (ख) – विदेश्वर यादव

सिरहा १ (ख) – राजकुमार गुप्ता

सिरहा २ – राजकिशोर यादव

सिरहा २ (ख) – विजय यादव

सिरहा ३ (ख) – रेणु यादव

सिरहा ४ – डा वीरेन्द्र महतो

सिरहा ४ (ख) – सुरेश मण्डल

धनुषा १ – दीपक कार्की

धनुषा १ (क) – सुकेश्वर यादव

धनुषा २ (क) – शैलेन्द्र यादव

धनुषा २ (ख) – रामअशिष यादव

घनुषा ३ (क) – जीतेन्द्र यादव

घनुषा ४ (क) – ज्ञानेन्द्र यादव

महोत्तरी १ (ख) – राम श्रेष्ठ महतो

महोत्तरी २ (क) – धर्मेन्द्र साह

महोत्तरी ३ – हरिनारायण यादव

महोत्तरी ३ (क) – दीपेन्द्र झा

महोत्तरी ४ – डा सुरेन्द्र यादव

महोत्तरी ४ (ख) – सरोजकुमार सिंह

सर्लाही १ – प्रमोद साह

सर्लाही १ (क) –––

सर्लाही २ (ख) – अशोक यादव

सर्लाही ३ (ख) – सञ्जय यादव

सर्लाही ४ – राकेश मिश्रा

सर्लाही ४ (ख) – उदयकान्त मिश्र

रौतहट १ (ख) – योगेन्द्र यादव

रौतहट २ (ख)–––

सर्लाही ३ क) – रामाश्रय चौघरी

सर्लाही ४ (ख) – शेष अबुल कलाम

बारा १ (ख) – सरोजकुमार यादव

बारा २ – रामसहाय प्रसाद यादव

बारा २ (ख) – बच्चा राउत अहिर

बारा ३ – रामबाबुकुमार यादव

बारा ३ (क) – भरत खड्गा

बारा ३ (ख)– पारसप्रसाद साह

बारा ४ (ख) – आत्माराम साह

पर्सा १ – प्रदीप यादव

पर्सा १ (ख)– लालबाबु राउत

पर्सा २ – सुरेन्द्र कुर्मी

पर्सा २ (क) – रामनरेश यादव

पर्सा ३ (ख) – डा मघु गुप्ता

पर्सा ४ (ख) – सिंहासन साह कलवार

बांके २– मो इस्तियाक राई ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved