एमाले अध्यक्ष ओली अस्वस्थ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 08:14:02 PM मा प्रकाशित

laxmi sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनावी कार्यक्रमको लागि ग्रिह जिल्ला झापा पुगेका उनलाई ज्वरो आएको हो । 

 ओलीलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको झापाका स्थानीय नेताहरुले जनाएका छन् ।  स्वास्थ्यमा समस्या भएपछि उनले  आजको लागि तय भएका कतिपय भेटघाट र अन्य कार्यक्रम स्थगित गरेका छन्। 

ओलीले बिहिबार सम्म नै झापामा रहने गरि कार्यक्रम तय गरेका थिए ।  तर अस्वस्थ भएपछि कार्यक्रम स्थगित गरेर उनी घरमै औषधि खाएर आराम गरेर बसिरहेका छन्। ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार छन् ।

उनले झापा बाट नै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई लाइभ बहसको लागि चुनाती दिएका थिए ।  विदेशमा निर्वाचन अगाडी 'लाईभ डिबेट' को अभ्यास रहेको र सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले आफुलाई 'लाईभ डिबेट'मा आउन आग्रह गरेकोले ओलीले आफु यसको लागि तयार रहको बताएका हुन्।

अध्यक्ष ओलीले  एजेण्डामा आधारित बहसका लागि आफु तयार रहेको बताउदै देउवालाई बहसमा आउँन चुनौती दिएका छन्। ओलीले देउवा यसको लागि तयार हो कि होइन भन्दै प्रश्न समेत गरेका छन् । 

अध्यक्ष ओलीले भनेका छन् ' सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाईभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?'

आगामी मङ्सिर ४ गते निर्वाचनमा एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ । तर गठबन्धनले पनि भावी प्रधानमन्त्रीको रुपमा एउटा मात्र नाम प्रस्ताव गर्न सकेको छैन ।  गठबन्धनबाट कांग्रेस भित्रै प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी छन् भने मावोबादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल पनि प्रधानमन्त्रीका आकाक्षी हुन् ।

विदेशमा प्रधानमन्त्री वा राष्ट्रपतिका प्रस्तावित उम्मेदवारबीच खुला बहस हुने गरेको छ । ओलीले पनि विदेशमा हुने जस्तै गरि एजेण्डामा आधारित लाइभ डिबेटको लागि देउवालाई निम्तो दिएका हुन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved