आगामी निर्बाचनको लागि ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न, ९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 11:04:43 AM मा प्रकाशित

laxmi  sunrise bank

४ मंसिरमा हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको निर्बाचन आयोगले जनाएको  छ ।

प्रत्यक्षतर्फ  १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको  छ ।  प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको लागि  करिब ४ करोड मतपत्र यसअघि नै छापिसकेको छ । 

आयोगको पछिल्लो तथ्यांक अनुसार आगामी निर्बाचनमा  कुल १ करोड ७९ लाख ८५ हजार ७० मतदाता  छन् । मतदाताले समानुपातिक र प्रत्यक्ष निर्बाचन गरी चार वटा मतपत्रमा मत दिनु पर्ने छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ६८ जिल्लामा ढुवानी भइसकेको छ भने ९ जिल्लाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ  ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved