चुनाव प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि रोक्न सातवटै प्रदेश सरकारलाई आयोगको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 11:34:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंसिर ४ मा हुने प्रदेस सभा र प्रतिनिधिसभा निर्बाचनमा आंचासंहिता लागु गराउन निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन नेपाल सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएको समेत स्मरण गराएको छ ।

नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचनको  प्रचार प्रसार गर्न हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी माध्यमबाट सूचना प्राप्त भएकाले सो कार्यलाई नियन्त्रण गर्न आयोगले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दासमेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । उल्लेखित व्यवस्था कार्यान्वयनका लागि आयोगले पटकपटक राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दै आएको छ । राजनीतिक दलका प्रमुख पदाधिकारीबाट निर्वाचन आचार संहिता पालनाको प्रतिबद्धतासमेत प्राप्त भए पनि पालना नभएको भन्दै आयोगले निर्देशन दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved