दृष्टिविहीन वा अशक्त व्यक्तिले मतदान गर्न क–कसको सहयोग लिन सक्छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 01:36:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा र प्रदेशसभा  निर्बाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको ब्यक्ति वा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भएको मतदाताले निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत संकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सक्नेछन्  र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था आयोगले मिलाएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश र निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची पनि तयार पारेको छ ।

आयोगले तयार गरेको सुचि अनुसार गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था मिलायको जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved