प्रतिनिधिसभाका उमेदवारले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने, प्रदेशका उम्मेदवारले कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 03:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले  मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले  सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा निर्देशन जारी गरेको छ ।

आयोगले जारी गरेको निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेत समेट्ने गरी बढीमा ३ वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन् । 

प्रदेशसभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्नेछन् ।

समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न पाउने छन् ।

आयोगले दल र उमेद्वारले कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न भनेको छ ।

प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा उमेद्वारी दर्ता गरी चुनाब चिन्ह प्राप्त गरेपछि अरु कुनै उमेद्वारलाई समर्थन गरेको वा उमेद्वारी निष्क्रिय बनाएका उमेद्वारले सम्पर्क कार्यलय खोल्न पाउने छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved