प्रतिस्पर्धीहरूमाथि पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी – लड्छु भनेर आउनेहरू सबैलाई वेलकम छ [भिडियो]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2022 | 12:45:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नम्बर १ मा आफूसँग प्रतिस्पर्धा गर्नेहरू सबैलाई स्वागत रहेको टिप्पणी गरेका छन् ।

बिजपाटीसँग संक्षिप्त भिडियो कुराकानीमा उनले आफ्नो क्षेत्रमा जित सुनिश्चित रहेको पनि बताए ।

'लोकतन्त्रका लागि हामीले लडेर ल्याएको व्यवस्था हो,' उनले भने, 'लोकतन्त्रमा लड्छु भनेर आउने मान्छेलाई त वेलकम छ नि ।'

बिजपाटीले ग्राउण्ड जिरो रिपोर्टिङका लागि चितवनको भण्डारास्थित उनकै घरमा पुगेर उनीसँग कुरा गरेको थियो । कुराकानीमा पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पौडेललाई संकेत गर्दै कानूनअनुसार आयोग एकप्रकारले मानार्थ मात्र रहेको टिप्पणी गरे ।

'हाम्रो सरकारले योजना आयोगलाई मानार्थ मात्र बनाएको छ,' योजना आयोग भन्दा अर्थमन्त्रालय नै बलियो हुने टिप्पणी गर्दै उनले भने, 'सबै विषय अर्थले निर्णय गर्ने हो । योजना आयोग कार्यकारी संस्था होइन ।'

उनले आफू अर्थमन्त्री हुँदा चितवनको विकासमा कुनै कसर बाँकी नरहेको दाबीसमेत गरे ।

चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट अर्थविद विश्व पौडेलले पाण्डेलाई चुनौती दिँदैछन् ।

हेर्नुहोस् भिडियो -

पढ्नुहोस् यो पनि - 

चितवन-१ ग्राउण्ड जिरो : एमालेको विरासत जोगाउन सजिलो छैन पूर्वअर्थमन्त्री पाण्डेलाई

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved