ओलीलाई देउवाको जवाफ ‘दार्चुलामा भाषण गर्दैमा लिम्पियाधुरा आउँदैन, लड्न बन्दुक ल्याउनुहोला’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2022 | 05:54:13 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा  लिम्पियाधुरा नआउने बताएका छन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

उनले भने,  ‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो। बन्दुक ल्याउनुहोला। होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ।’  यस्तै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे। उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको पनि बताए।

नेकपा अध्यक्ष ओलीले शुक्रबार दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका थिए। शुक्रबार दार्चुलाको सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका थिए।

‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भनेका थिए, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ । त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छु ।’ कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भु–भाग फिर्ता ल्याएर छाड्ने बताएका ओलीको दाबी थियो।  

ओलीलाईजवाफ दिदै प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा  लिम्पियाधुरा नआउने बताएका हुन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved