जितेपछि रवि लामिछानेले भने 'आज बाटै काम थाल्दैछु, गुनासो र उजुरी लेखेर दिनुस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 01:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा विजयी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजै बाट काम थाल्ने बताएका छन्। उनले विजयी र्याली नगर्ने तर धन्यवाद सभा गर्ने पनि बताएका छन् 

उनले धन्यवाद सभामा २ वटा बाकस राख्ने बताएका छन्। उनका अनुसार एउटा बाकसमा "समस्या पेटिका" लेखिएको हुनेछ। त्यसमा समस्या लेखेर खसाउन उनले आग्रह गरेका छन् । अर्को बाकसमा "उजुरी, समस्या, सुझाराराख्ने पेटिका" लेखिएको हुने र त्यसमा, भ्रस्टाचारीका सुचना, आफुले गर्नु पर्ने काम, र खबरदारी लेखेर खसाउनु उनले आग्रह गरेका छन्।

यस्तो छ उनको आग्रह जस्ताको तस्तै :

राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्याली गर्न चाहन्न।म बिजय र्यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा "धन्यवाद सभा" गर्दैछु।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा "समस्या पेटिका" लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा "उजुरी, समस्या, सुझाव पेटिका" लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।
म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।।।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved