काभ्रे प्रदेशसभामा ३ मतले कांग्रेस विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 08:38:24 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरेका हुन् ।

कांग्रेस नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

काभ्रे क्षेत्र नं १ को दुवै प्रदेश सभा र काभ्रे क्षेत्र नं २ को दुवै प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved