चुनावका लागि दिएको सरकारी गाडीमा बिहेका जन्ती !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 02:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

 धनगढी उप–महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग गरिएको पाइएको छ। सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४७७ नम्बरको उप–महानगरपालिकाको जिप सोमबार बिहान विवाहमा प्रयोग गरिएको पाइएको हो। 

उक्त गाडी महेन्द्रनगरको मदनचोकबाट एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नियन्त्रणमा लिएका थिए। उक्त जिपको डालामा विवाहमा लैजान लागिएको तरकारी समेत भेटिएको अनेरास्ववियु कञ्चनपुरले बताएको छ। जिपको अगाडि महिला तथा बालबालिका बसेको अवस्थामा जिप नियन्त्रणमा लिइएको अनेरास्ववियु कञ्चनपुरले जनाएको छ।

यता, उप–महानगरपालिकाका जिप चालक सुरेश चन्दले भने विवाहमा गाडी प्रयोग नभएको दाबी गरे। उनले परिवार र घरका लागि तरकारीमात्र गाडीमा ढुवानी गरेको जनाए।

धनगढी उप–महानगरपालिकाले उक्त जिप निर्वाचन आयोगलाई दिएको जनाएको छ। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको सामानुपातिकतर्फको मत परिणाम नआएको भन्दै आयोगले गाडी फिर्ता गरेको छैन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved