कर्णाली प्रदेश सभा: ४ सांसद दोहोरिए, ४ जनाको सपना अधुरै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 09:10:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर चार गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको कर्णालीमा नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ । १२ प्रतिनिधिसभा क्षेत्र रहेको कर्णालीमा ११ ओटामा गठबन्धन विजयी हुँदा एक स्थानमा राप्रपा नपालले जीत हात पारेको छ ।

यस्तै, पप्रदेशसभा तर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा माओवादी र काँग्रेसले नौ नौ स्थान, एमालेले ५ र एक स्वतन्त्रले जीत हात पारेका छन् । प्रदेश सभा स्थापना भएको छैटौं वर्षमा भएको यो दोश्रो निर्वाचनमा कर्णाली प्रदेश सभामा दोहोरिन चाहने अधिकांश सांसदहरुको सपना अधुरो रहेको छ भने केहि भाग्यमानी सांसदले मात्रै विजयको माला पहिरेका छन् ।

हुम्लाबाट चुनाव लडेका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः प्रदेश सभामा दोहोरिएका छन् । उनी मुख्यमन्त्री दोहोरिने सपनासहित प्रदेश सभामा चुनाव लडेका थिए । २०७४ सालमा उनी बाहेक काँग्रेसका अरु कोहि पनि प्रत्यक्षतर्फ कर्णालीमा जितेका थिएनन् । यसपटक पनि उनि दोहोरिंदा काँग्रेसको भागमा मुख्यमन्त्री परेको खण्डमा उनी मुख्यमन्त्री हुने निश्चित जस्तै छ ।

यस्तै, अर्का भाग्यमानी सांसद हुन एमाले स्थायी कमिटि सदस्य एवम पूर्व एमाले संसदीय दलका नेता यामलाल कंडेल । २०७४ मा एमालेका २० जना सांसद हुँदा पनि मुख्यमन्त्री बन्न नसकेका नेता कंडेल सुर्खेत २ (क) मा प्रतिस्पर्धा गर्दै निर्वाचित भएका हुन । यसपटक प्रत्यक्ष तर्फ कर्णालीमा पाँच सिट तथा समानुपातिकतर्फ पाँच सिट गरि दश सिटमा एमालेले चित्त बुझाउनु परेको छ । सम्भवतः यो कार्यकालमा गठबन्धनमा कुरा नमिलेको खण्डमा उनी मुख्यमन्त्री हुने सम्भावना छ ।

सुर्खेतबाट प्रदेश सभामा चुनाव लडेका सांसद विन्दमान विष्ट पनि चुनावमा विजयी भएका छन् । उनी यसअघि आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । केन्द्रमा शक्ति बस्नेत निकट रहेका विष्ट मुख्यमन्त्री बन्ने सपना देखेर प्रदेश सभामा उम्मेदवार बनेका थिए । उनको मुख्यमन्त्री बन्ने सपना पुरा होला नहोला त्यो फरक कुरा भयो तर प्रदेश सभामा दोहोरिने सपना भने पुरा भएको छ । उनको क्षेत्रमा नेकपा एसका जिल्ला अध्यक्ष मोहन बडुवालले पनि उम्मेदवारी दिएका थिए । त्यसकारण उनलाई चुनाव जित्न कठिनाई हुने अनुमान गरिए पनि उनी विजयी भए ।

डोल्पाबाट यसअघि साँसद रहेका प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीको पनि फेरि प्रदेश सभामा आउने चाहना पुरा भएको छ । प्रदेश सभामा जितेर आएका शाहीको फेरि मन्त्री बन्ने सपना छ । यसपटक मन्त्री हुँदा उनले बजेट निर्माण गर्न नपाएपनि आगामी बन्ने सरकारमा मन्त्री बन्न उनि आतुर छन् ।

चार जनाका सपना रहे अधुरा

सल्यानबाट चुनावमा प्रतिस्पर्धा गरेका एमालेका पोलिटव्यूरो सदस्य गुलावजंग शाहको दोश्रो ‘राउण्ड’ मा प्रदेश सभामा इन्ट्री हुने चाहनामा ‘व्रेक’ लागेको छ । अघिल्लो प्रदेश सभाको कार्यकालमा उनी एमाले संसदीय दलका प्रमूख सचेतकको रुपमा जिम्मेवारी निभाएका थिए । एमाले भित्रको एकतामा उनले खासै काम गर्न नसकेको एमालेका सांसदहरुले नै बारम्बार गुनासो गर्ने गरेका थिए ।

जुम्लाबाट प्रदेश सभामा दोहोरिन चाहेका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम रोकायाको प्रदेश सभामा दोहोरिने सपना यसपटक अधुरो नै रह्यो । उनी नेकपा एसबाट उम्मेदवार बनेपनि उनलाई एमालेका टेकराज पछाईले पराजित गरे ।

दैलेखबाट प्रदेश सभामा दोहोरिन चाहेका एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मी र सुर्खेतबाट दोहोरिन चाहेका ठम्मर विष्ट यसपाली प्रदेश सभामा देखिने छैनन् । नेकपा माओवादी केन्द्रबाट सांसद बनेका यी दुवै जनाको आगामी पाँच वर्ष विना सांसद रहेरै वित्ने भएको छ । उनिहरु दुवै जनाले सांसदको कार्यकाल बाँकी रहँदै पार्टी बदलेका थिए, सोही कारण उनिहरु दुवैको पद गएको थियो । फ्लोर क्रस गरेर आफ्नै दलको बिरुद लागेका तथा फेरिएमालेकै बैशाखी टेकेर प्रदेश सभामा आउन चाहेका कुर्मराज शाही पनि कालिकोटबाट पराजित भए ।

कर्णाली प्रदेशमा चार जना बाहेक अरु कोही पनि दोहोरिन सकेनन् । चार जना पराजित हुँदा २० जना नयाँ अनुहारका व्यक्ति साँसद भएर आएका छन् ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved