नेपाली कांग्रेसबाट को–को छनोट भए समानुपातिक सांसद?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2022 | 05:06:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले समानुपातिक सांसदहरु छनोट गरेको छ। शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसदहरुको टुंगो लगाएको हो। नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ।

कांग्रेसले महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुलाई छनोट गरेको छ। त्यस्तै खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ छनोट भएका छन्। दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् ।

मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने हुन्छ। कांग्रेसका प्रतिनिधिमध्ये प्रत्यक्षतर्फ १ जना महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका छन्। सोही अनुसार २९ जना महिना समानुपातिकबाट छनोट भएका हुन्।

बाँकी तीन पुरुषमा दलितबाट जीवन परियार, मधेसीबाट विमलेन्द्र निधि र खसआर्यबाट प्रकाशरण महत चयन गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved