म्यानपावर कम्पनी अनुगमन गर्ने जिम्मा अब श्रम तथा रोजगार कार्यालयहरुलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 07:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम तथा रोजगार कार्यालयले थप अधिकार पाएको छ। सरकारले एक निर्णय गर्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागअन्तर्गतका कार्यालयहलाई थप अधिकार दिनेगरी राजपत्रमा सूचना प्रकाशन गर्न अनुमति दिएको हो।

निर्णयअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्वस्वीकृति दिने अधिकार कार्यालयहरुलाई दिइएको छ। कार्यालयहरुले विज्ञापन गरे–नगरेको नियमित अनुगमन गरी सत्यतथ्य बुझ्न पनि पाउनेछन् ।

कार्यालयहरुले तोकिएको संख्या नबढ्ने गरी श्रम स्वीकृतिको निस्साका लागि निवेदन लिने र विभागबाट प्राप्त भएअनुसार वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिन सक्नेछन् ।

मन्त्रिपरिषद्ले कार्यालयहरुलाई इजाजतप्राप्त कार्यालयहरुको नियमित अनुगमन तथा निरीक्ष गर्ने अधिकार समेत दिएको छ । त्यस्तै वैदेशिक रोजगार  ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४का निश्चित दफा र नियममा उल्लेख भएका व्यवस्थाहरु पालना भए नभएको अनुगमन पनि गर्न सक्ने अधिकार दिएको छ। नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि कार्यालयहरुले यी अधिकार प्रयोग गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved