विचौलिया मोटाउने साधन बन्दै वैदेशीक रोजगार प्रवर्द्धन बोर्ड

भावना लामा

भावना लामा

Dec 28, 2018 | 05:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशबाट फर्केकालाई सहुलियत ऋण लिन ईच्छुकलाई पौष मसान्तभित्र निवेदन बुझाउन आग्रह गरेको छ । निवेदकले निशुल्क रुपमा बुझाउन पाउने फारममा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कर्मचारीका कारण बोर्ड बाहिर पसल थापेर बसेका पसलहरुले कमाउने भाडो बनाएका छन् ।

निवेदकले भरेको फारम नमिलेको भन्दै कर्मचारीले फारम लिन नमानेपछि निशुल्क भनिएको फारमलाई शुल्क तिर्नुपरेको सेवाग्राहीहरुको गुनासो छ । बोर्ड बाहिर रहेका पसलहरुले एउटा फारम भरेबापत २ सय देखि ५ सय सम्म शुल्क लिने गरेको उनीहरु बताउँछन् । सहुलियत ऋण लिनको लागी प्रत्येक दिन सयभन्दा बढी सेवाग्राही आउने गरेको बोर्डले जनाएको छ ।

सेवाग्रहीले फारम भर्दा थुप्रै त्रुटि गर्ने र एकै जनाले पनि ३–४ वटासम्म फारम बिगार्ने भएकाले जानकारसंग फारम भर्न आग्रह गरेको बोर्डका एक कर्मचारीले बताए । जसरी हुन्छ मिल्ने गरी फाराम भर्न आग्रह गरेको उनको भनाई छ ।

सरकारले २०७५–०७६ को बजेटमा विदेशबाट फर्की स्वदेशमै स्वरोजगार हुन ईच्छुक व्यक्तिलाई १० लाखसम्मको ऋण दिने व्यवस्था गरेको छ । ऋण लिनको लागी निवेदकले गएको देशको नाम, रोजगारदाता कम्पनिको नाम,काम गरेको समय अवधि, प्राप्त अनुभव, सीप लगाएतका जानकारी फारममा उल्लेख गर्नुपर्ने हुन्छ । कम्तिमा पनि ६ महिना विदेशमा बसेको हुनुपर्नेछ । साथै नेपालमा स्वरोजगार हुन कस्तो व्यवसाय गर्ने, कतिसम्मको लगानीमा गर्ने, सरकारले प्रदान गरेको ऋण मासिक कति तिर्ने लगायतका व्यवसायसँग सम्बन्धित सम्पूर्ण विवरण फारममा खुलाउनुपर्ने हुन्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved