कामदार लैजान नेपाल र जापानबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 01:16:37 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीको लागी नेपालबाट जापानले कामदार लैजाने विषयमा औपचारिक छलफल सुरु भएको छ । काठमाडौँमा नेपाली र जापानी प्रतिनिधिबीच बिहिबार छलफल भएको हो ।

छलफलमा जापानको अध्यागमन सम्बन्धि संशोधित कानुनी व्यवस्थाबारे जानकारी गराईएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । व्यवस्थित, सुरक्षित र मर्यादित रुपमा नेपाली श्रमिक जापान पठाउने बारे छलफल भएको छ ।

नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वब्यापी रुपमा स्थापीत मापदण्ड अनुरुप श्रमिक पठाउने बिषयमा जोड दिएको छ । नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशिलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्याउने वातावरणको सृजना गर्ने गरी दुबै देशले सहकार्य गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved