रोजगार संयोजक पदमा ५२१ जना छनौट (नतिजासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 06:28:46 PM मा प्रकाशित

laxmi  sunrise bank


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकमा छनोट भएकाहरुको नामावली प्रकासन गरेको छ । संयोजकको लागि परेको २३,९६८ आवेदनहरूमध्ये २,२६५ जना उम्मेदवारहरू प्रारम्भिक योग्यता क्रममा छानिएका थिए । यसरी प्रारम्भिक योग्यताक्रममा छानिएका उम्मेदवारहरुको २०७५ फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाईन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिईएको थियो । सो परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था छ । प्रदेशगत रूपमा रोजगार संयोजकको पदको माग संख्या, आवेदकको संख्या, प्रारम्भिक सूचीमा समावेश  संख्या, कम्प्युटर सीप परिक्षणको परीक्षामा सहभागी संख्या र छनौट भएका रोजगार संयोजकहरूको संख्या देहाय बमोजिम रहेको छः 

प्रदेश

रोजगार संयोजकको पद

माग पद संख्या

प्रारम्भिक सूचीमा समावेश  संख्या

कम्प्युटर सीप परीक्षण परीक्षामा सहभागी संख्या

५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गरी छनौट भएका उम्मेदवारको संख्या

प्रदेश नं. १

शा अ सरह

130

390

323

67

ना सु सरह

7

21

8

5

प्रदेश नं. २

शा अ सरह

136

409

344

98

प्रदेश नं. ३

शा अ सरह

112

337

290

95

ना सु सरह

7

22

14

7

गण्डकी प्रदेश

शा अ सरह

74

223

174

61

ना सु सरह

11

33

25

11

प्रदेश नं. ५

शा अ सरह

109

327

272

109

कर्णाली  प्रदेश

शा अ सरह

62

186

159

20

ना सु सरह

17

52

38

9

सुदुरपश्चिम प्रदेश

शा अ सरह

82

247

207

33

ना सु सरह

6

18

14

6

जम्मा

 

७५३

2265

1868

521


अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिकारगाँउपालिका) मा खटाईने व्यवस्था मिलाईएको छ । साथै छनौट भएका उम्मेदवारहरूले छिट्टै प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । विद्युतीय भर्ना प्रणालीबाट छनौट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक देखिने गरी विस्तृत जानकारीको विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईट www.pmep.gov.np मा उपलब्ध गराईएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved