कतार प्रहरीको माग हत्याउन मन्त्रीसम्मको प्रयोग

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Nov 26, 2020 | 10:46:21 AM मा प्रकाशित

laxmi  sunrise bank

कतार प्रहरीको माग हत्याउनका लागि म्यानपावरहरुले अनेक हत्कण्डा प्रयोग गरेको पाइएको छ। कतार प्रहरीको लागि सिन्डिकेट गरिएको आरोप लागेका १७ म्यानपावरहरुले नेपाल स्थित कतारी दुतावास फकाउन यस्तो गरेको पाइएको हो। 

म्यानपावर कम्पनीहरुले पुर्व एसएसपीदेखि चरी डन (दिनेश अधिकारी प्रहरीसँगको मुठभेडमा मारिएका) को (गलफ्रेन्ड) को नाम समेत प्रयोग गरेका छन्। कतार प्रहरीको मागको लागि एकछत्र राज गरेका भनिएका १७ वटा म्यानपावरले आफ्नो सम्पर्क व्यक्तिको नाममा दुतावासमा नजिक रहेका भनिएका व्यक्तिहरुको नाम प्रयोग गरेर दुतावास फकाउने काम गरेका छन्। 

१७ वटा म्यानपावरको सुचि मध्ये १३ औं नम्बरमा रहेको डेभिट फरेनर रेक्र्युमेंट एजेन्सीको सम्पर्क व्यक्तिको नाममा कुनै बेला चरी डनसँग नाम जोडिएकी खुस्बु ओलीको नाम उल्लेख छ। 

कतार प्रहरीको मागको लागि सिन्डिकेट लागू गरेको आरोप लागेका १७ म्यानपावर र सम्पर्क व्यक्तिको सुची

उक्त म्यानपावरले दुतावास फकाउन दुतावाससँग राम्रो सम्बन्ध भएकी खुस्बु ओलीलाई सम्पर्क व्यक्तिको रुपमा देखाएको छ। कतारी दुतावास र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलसँग खुस्बु ओलीको राम्रो सम्बन्ध भएको र त्यहि सम्बन्धलाई 'क्यास' गर्न डेभिट फरेनर म्यानपावरले खुस्बुलाई सम्पर्क व्यक्तिको रुपमा प्रयोग गरेको स्रोतको दाबी छ।

तर खुस्बु ओलीले आफु म्यानपावर व्यवसायमा संलग्न नभएको र आफ्नो नामको दुरुपयोग भएको बताएकी छन्। नाम राखिएको विषयमा जानकारी भएपछि सम्बन्धीत निकायमा कुरा गर्दा गल्तिले नाम पर्न गएको उनको भनाई छ। 

कतार पुलिसका लागि मागको पूर्व स्वीकृति बिना नै अन्तर्वाता लिएको आरोपमा वैदेशिक रोजगार विभागले कारोबार रोक्का गरेको डीडी ह्युमन रिसोर्स प्रा. ली ले पुर्व एसएसपी राजेन्द्र ढकालको नाम सम्पर्क व्यक्तिको रुपमा प्रयोग गरेको छ। कतार दुतावाससँग राम्रो सम्बन्ध भएका भनिएका ढकाल मार्फत दुतावास फकाउनलाई डीडी ह्युमन रिसोर्सले सम्पर्क व्यक्तिको नाममा समेत उनको नाम उल्लेख गरेको छ र उनलाई म्यानपावरको संचालकको रुपमा पहिचान गराएको छ।  

डीडी सेक्युरिटिज ट्रेनरका संचालक समेत रहेका ढकालले आफ्नो नामको दुरुपयोग गरिएको दाबी गरेका छन्। आफू डिडिमा आबद्ध नभएको र नाम राखिएको विषय गलत भएको उनले बताए। आफू आबद्ध नै नभएको कम्पनीमा नाम आएको बारे अनविज्ञता देखाउदै उनले आफ्नो नाम कसले राख्यो थाहा नभएको बताए। 

तर कोरोनाको लकडाउन अगाडी पनि डीडी ह्युमनले कतार प्रहरीको लागि केहि सय नेपाली पठाएको र त्यो बेला पनि पुर्व एसएसपी ढकालको सहयोग लिएको स्रोतको दाबी छ। कतारी दुतावास भित्र बसेर काम गर्ने अबुल कयस भन्ने व्यक्तिको सहयोगमा ढकालले कतार प्रहरीको माग उक्त म्यानपावरलाई दिलाउने गरेको स्रोतको दाबी छ। यसअघि यस बिषयमा समाचार बाहिरीएपछि नेपाल सरकारको कालो सुचिमा रहेका अबुल कयस भागेर कतार गएको स्रोतको भनाई छ।को भनाई छ।

त्यस्तै राज ओभरसिजले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवका भतिज पर्ने सफराज आलमको नाम प्रयोग गरेको छ। राज ओभरसिज कम्पनीको एक्टीङ म्यानेजरको रुपमा उनको नाम सार्वजनिक भएको छ । यस विषयमा उनीसँग कुरा गर्दा राज ओभरसिजको संस्थापक नभएपनि उक्त कम्पनीमा आफु आबद्ध रहेको उनले बताए। बहालवाला मन्त्री यादवले आफ्नो काम गर्नलाई उक्त म्यानपावरमा सरफराजलाई जोडेको स्रोतको दाबि छ। 

कतार प्रहरीको लागि अन्तर्वार्ता दिन आएकाहरु

त्यस्तै कतार प्रहरीको माग पाएको भनिएको कैलाश इन्टरनेशनल म्यानपावरले अञ्जना शाहको नाम प्रयोग गरेको छ। पुर्वश्रममन्त्री टेकवहादुर गुरुङको कान्छो भाई बामे गुरुङ संचालक रहेको कैलाश इन्टरनेशनलमा आफुलाई संचालक तथा सम्पर्क व्यक्तिको रुपमा पहिचान गराईएकोबारे आफुलाई केहि पनि थाहा नभएको शाहले बताईन। 

त्यस्तै १७ वटा म्यानपावरको सुचिमा नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको श्रीमति आरजु राणा देउवाको भाईको साथी सञ्चालक रहेको धर्म ओभरसिजको नाम पनि उल्लेख छ। उक्त ओभरसिजले सञ्चालक तथा सम्पर्क व्यक्तिको रुपमा आरजु राणा देउवाको भाईको साथी मानवहादुर गुरुङको नाम उल्लेख गरेको छ। 

विवादमा कतारी दुतावास 

कतार प्रहरीको मागको बिषयलाई लिएर पछिल्लो समय नेपाल स्थित कतारी दुतावास तानिएको छ। कतार प्रहरीको मागको लागि सिमित व्यक्तिको प्रभावमा परेर नेपालमा संचालनमा रहेका ८५४ म्यानपावर व्यवसायी मध्ये केहिलाई मात्र उक्त माग दिएको र नेपाल सरकारको अनुमती बिना नै अन्तर्वार्ता लिएको बिषयले कतारी दुतावास विवादित बनेको हो। 

त्यसमा दुतावास पुगेका नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीले कतार प्रहरीको मागको लागि सिन्डिकेट लागू गर्न सक्छौं भन्ने आशयको पत्र कतार दुतावासलाई दिनु,  त्यसको केहि दिनपछि १७ वटा म्यानपावरको सुची बाहिरिनु र  ति म्यानपावरका सम्पर्क व्यक्तिको सुचिमा कतारी दुतावाससँग प्रत्यक्ष सम्पर्क भएका व्यक्तिहरु जोडिनुले कतार प्रहरीमा सिन्डिकेट लाद्न खोजिएको आशंका उब्जिएको छ। 

बैदेशिक रोजगार व्यवसायी संघको पदाधिकारीद्वारा कतार प्रहरीको मागको लागी सिन्डिकेट लागू गर्न सक्छौं भन्ने आशयको पत्र

यद्दपी नेपाल स्थित कतारी दुतावासले यी सबै घटना बाहिरीएपछि एक बिज्ञप्ती मार्फत कतार प्रहरीको मागलाई लिएर बाहिर आएका घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको छ। 

यस समाचारमा प्रयोग गरिएको 'कतारी राजदुत फकाउन डनको 'गर्लफ्रेन्ड' देखि मन्त्रीसम्मको प्रयोग' शिर्षक ले अन्यथा अर्थ लागेको र यसले कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलको निजि जीवनमाथि प्रश्न उठाईएकाले शिर्षक संसोधन गरिएको हो। -सम्पादक

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved