ओमान र साउदीमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध, समस्यामा नेपाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 10:28:58 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमितको संख्यामा बृद्धि हुँदै गएको भन्दै दुई देशले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् । ओमान र साउदी सरकारले एक साता सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका हुन् । 

नेपालीको मुख्य श्रम गन्तव्यका रुपमा रहेका दुई देशले उडानमा प्रतिबन्ध लगाउँदा नेपालबाट जाने तथा फर्कने तयारीमा गरेका श्रमिकहरु समस्यामा परेका छन् । दुई देशले उडानमा प्रतिबन्ध लगाएसगैँ राजदूतावासले यात्राका क्रममा रहेका यात्रुहरुलाई व्यवस्थापन गर्न अनुरोध गरेका छन् । 

ओमानले मंगलबारबाट एक हप्ता (पुस १४ गतेसम्म) का लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । ओमानले एक सातापछि कोरोना संक्रमितको अवस्थालाई हेरेर थप निर्णय गर्ने जनाएको छ । 

यसैगरी सोमबारबाट साउदी सरकारले समेत एक हप्ताका लागि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । नेपालबाट साउदीको दमाममा हिमालय एयरलाइन्स उडान गर्दै आएको थियो । 

यसैगरी नेपाल नागरिक उडड्यन प्राधिकरणले बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । प्राधिकरणले मंगलबार राती १२ बजेदेखि अर्काे सूचना जारी नहुँदा सम्मका लागि बेलायतमा हुने सबै उडानमा प्रतिबन्ध लगाएको हो । पछिल्लो समय बेलायतमा देखिएको कोरोना भाइरसलाई दृष्टिगत गरी बेलायतबाट हुने उडानमा रोक लगाईएको हो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved