२१ बुदे माग राख्दै म्यानपावर व्यवसायी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 02:34:01 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर व्यवसायीहरुले आन्दोलित भएका छन् । वैदेशिक रोजगार विभागले व्यवसायीको पक्षमा काम नगरेको भन्दै व्यवसायीले विभिन्न २१ बुदे माग राख्दै विभाग केन्द्रीत आन्दोलन थालेका हुन् । 

विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्ष सहित आईतबारबाट विभाग केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आफ्ना माग पुरा नभए विभागमा तालाबन्दी गर्ने र चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

व्यवसायीहरु विभागमा नेतृत्व परिवर्तन भएपछि काम कारवाहीमा स्वेच्छाचारीता र मनोमानि देखिएको, अधिकारको दुरुपयोग गरिएको, व्यवसायीको जायेज र कानून सम्बद्ध मागहरु पूरा नगरिएको, गुनासो नसुनिएको, व्यवसायीहरुलाई अपमानजनक व्यवहार गरिएको, व्यवसायीहरुले आफ्ना कुरा राख्दा तथा खण्डन गर्दा थुन्ने, इजाजत खारेज गर्ने जस्ता धक्मीहरु दिने गरिएको भन्दै आन्दोलित भएका हुन् । 

यसैगरी, उजुरी कर्ताले उजुरी गर्नासाथ धरौटी रकम गरि कम्पनीको कामकारवाही रोक्का गर्ने गरिएको, कम्पनी विरुद्धको उजुरीमा उजुरीको प्रतिलिपि माग गर्दा नदिएको, शाखा कार्यालय खोल्न अनुमति नदिईएको, विभागाको अनलाईन सूचना प्रणालीमा देखिएको समस्या समाधान गर्न विभाग तत्परता नभएपछि  बाध्य भएर आन्दोलन गर्नुपरेको व्यवसायीहरु बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved