भारतमा श्रमसम्बन्धी नयाँ नियम लागू हुँदै, हप्तामा ४ दिनमात्रै काम, नेपालमा कस्तो असर पर्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 01:20:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले आगामी आर्थिक बर्षदेखि लागू हुनेगरी नयाँ श्रम संहिता लागू गर्ने भएको छ। श्रम संहिता परिमार्जन गरि सन् २०२२-२३ देखि चारवटा नयाँ श्रम संहिता लागू गर्ने गरि तयारी अगाडी बढेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। 

नयाँ श्रम संहितामा श्रमिकहरुले हप्तामा चार दिनमात्र काम गर्नुपर्ने, तलब भत्ता हप्ता या दैनिकरुपमा बुझ्न पाइने, श्रमअनुसार ज्याला परिमार्जन हुने, कुल तलबको ५० प्रतिशत तलब आधारभुत तलब हुनुपर्ने लगायतका बिषयहरु उल्लेख छन्। 

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार भारत सरकारले नयाँ श्रम संहिता लागू गरेमा आगामी वर्षदेखि कर्मचारीहरुले सोमबारदेखि बिहिबारसम्म गरेर हप्तामा ४ दिनमात्र काम गर्नुपर्ने छ। तर कर्मचारीहरुले ४ दिनमा दैनिक १२ घण्टा अर्थात् हप्तामा ४८ घण्टा काम गर्नुपर्ने छ।

त्यस्तै कुल तलबको ५० प्रतिशत तलब आधारभुत तलब हुनुपर्ने छ भने ५० प्रतिशत भत्तामा जोडिनसक्ने विज्ञहरुले बताएका छन्। कुल तलबको ५० प्रतिशत आधारभूत तलब हुनुपर्ने व्यवस्थाले त्यहाँका श्रमिक तथा कामदारहरुको संचय कोषको रकम बढ्नेछ भने घरमा लैजाने पैसा भने घट्नेछ। 

भारतमा आधारभूत तलब कति हुने भन्ने स्पष्ट नभएकाले सँस्थाहरुले आफु अनुकुल आधारभूत तलब यकिन गरेर त्यहिअनुसार संचय कोषमा जम्मा गर्दै आएका छन्। जसले गर्दा आधारभुत तलब कम देखिने र संचय कोषमा पनि कम जम्मा हुने अवस्था बनेको छ तर घरमा लैजान पाउने पैसा भने बढी देखिन्छ। जस्तो कसैले ५० हजार कुल तलब बुझेको छ भने उसको आधारभूत तलब ४० प्रतिशत हुँदा २० हजारको २० प्रतिशतका दरले ४००० (जसमा २ हजार श्रमिक र २ हजार रोजगारदाताले ब्योहोर्नुपरने) जम्मा हुन जान्छ। 

तर नयाँ श्रम संहितामा कुल तलबको ५० प्रतिशत तलब आधारभूत तलब हुनुपर्ने व्यवस्था भएकाले मासिक ५० हजार कुल तलब बुझ्नेको आधारभूत तलब २५ हजार हुनेछ भने उसले संचय कोषमा जम्मा गर्ने रकम पनि २५ हजारको २० प्रतिशत अर्थात ५००० हुनेछ। जसमा २५०० श्रमिककै तलबबाट काटिन्छ भने २५०० रोजगारदाताको खाताबाट काटिन्छ। 

नयाँ श्रम संहिताले श्रमिक तथा कामदारहरुले घर लैजान पाउने पैसा कम हुनेछ भने उनीहरुको संचय कोषमा जम्मा हुने पैसा भने बढ्ने छ। नयाँ श्रम संहिताले नेपाल सरकारले हालै संचालनमा ल्याएको र केहि विवादित बन्न पुगेको सामाजिक सुरक्षा कोष जस्तो व्यवस्थालाई बढी प्राथमिकतामा दिएको देखिन्छ। 

हप्तामा ४ दिन मात्रै काम गर्ने व्यवस्थाले पनि श्रमिक तथा कामदारहरुको समय उत्पादनमुलक बनाउने देखिन्छ भने बाँकी समय आफ्नो अनुकुलको तथा आफ्नो रोजाईको क्षेत्रमा खर्चिन पाउँने अवस्था बन्ने देखिन्छ। 

आन्तरिक पर्यटन व्यवसायलाई थप मजबुत र फलदायी बनाउने उदेश्यले नेपालमा पनि हप्तामा चार दिन मात्रै काम गर्ने र बाँकी ३ दिन बिदा गर्नुपर्ने व्यवस्था गर्नुपर्ने आवाज उठेको थियो। 

भारतमा हप्तामा चार दिन काम र तीन दिन बिदा हुनेगरि नयाँ श्रम संहिता लागू भएको अवस्थामा नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने जानकारहरु बताउँछन्। भारतमा ४ दिन मात्रै काम गर्नुपर्ने व्यवस्था भएको अवस्थामा नेपालको सिमा आसपासका क्षेत्रमा अवस्थिति उद्योग कलकारखानामा त्यहाँका कामदार आएर काम गर्दिने भएकाले नेपालीहरुको काम खोसिन सक्ने जानकारहरु बताउँछन्। यसले गर्दा भारतमा झैं नेपालमा पनि हप्तामा ४ दिन काम र ३ दिन बिदाको दबाब पर्न सक्ने जानकारहरुको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved