२० हजार नेपाली रोमानिया जान पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 04:18:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आउँदो वर्ष सन् २०२४ मा २० हजार जना नेपालीहरु वैदेशिक रोजगारीका लागि युरोपेली देश रोमानियामा जान पाउने भएका छन् । रोमनियाले सन् २०२४ भरीमा नेपालबाट २० हजार श्रमिक लैजाने गरी भिसा स्वीकृत गरिसकेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीका अनुसार गत असोजमा नेपाल र रोमानियाबीच भएको श्रम सम्झौता अनुसार सन् २०२४ का लागि रोमानियाले नेपालबाट २० हजार श्रमिक लैजान भिसा स्वीकृत गरिसकेको हो । 

सचिव भण्डारीले रोमानिया नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य बन्दै गएको र त्यहाँ काम गर्ने कामदारले सोही देशका नागरिक सरह सामाजिक सुरक्षा पाउने गरी श्रम सम्झौता गरिएको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved