कोरिया रोजगारी: सिप बिल्डिङका आवेदकलाई म्यानुफ्याक्चरतर्फ आवेदन खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 08:33:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरियाको रोजगारीको लागि अन्य क्षेत्रतर्फ भाषा परीक्षाको लागि आवेदन दिएका आवेदकहरुका लागि म्यानुफ्याकचरतर्फ आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाले अन्यत्र क्षेत्रकालागि आवेदन दिएकाहरुलाई पनि म्यानुफ्याक्चरीङ क्षेत्रमा आवेदन दिन सूचना जारी गरेको हो । 

उच्च अदालत पाटनको आदेश पछि शाखाले उनीहरुका लागि पनि म्यानुफ्याक्चरमा आवेदन दिन सूचना जारी गरेको हो । शाखाका अनुसार यहि पोैष १३ गते १० बजेदेखि ३ बजेसम्म आवेदन दिन सकिने छ । जसकालागि सक्कल पासपोर्ट, पासपोर्ट साईजको फोटो, शिप बिल्डिङ परीक्षाको प्रवेशपत्र काजगात लिएर शाखाको कार्यलय ग्वार्काेबाट आवेदन दिन सकिन्छ । 

शाखाबाट मिति २०८०।८।१९ मा Manufacturing Sector तर्फको कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन भएको थियो । उक्त सूचनाको बुँदा नं. ५ (च) मा सन् २०२३ भित्र अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरुले Manufacturing Sector मा फर्म भर्न नपाउने व्यहोरा उल्लेख थियो ।

सो व्यहोराको विरुद्धमा सन् २०२३ मा Shipbuilding Sector मा सामेल भएका आवेदकहरु मध्ये सुरज पाठक समेत १८ जनाले सन् २०२३ मा आवेदन माग गरिएको Manufacturing Sector मा परीक्षा आवेदन फाराम भर्न पाउनु पर्ने माग राखि EPS शाखा, बैदेशिक रोजगार विभाग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा निवेदन पेश गरेका थिए । 

सो निवेदनको सम्वन्धमा उच्च अदालत पाटनले गत बिहीबार निवेदको पक्षमा अन्तरिम आदेश जारी भएको थियो । सोहि आदेशको पालना गर्दै शाखाले उनीहरुका लागि पनि आवेदन खुलाएको हो ।

तर, आवेदन दिने समय थोरै भएको भन्दै Shipbuilding Sector मा सामेल भएका हरुले गुनासो गरेका छन् । शाखाले आवेदनका लागि ५ घण्टा मात्र तोकेकोमा उनीहरुको असन्तुष्टी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved