वैदेशिक रोजगार विभागको महानिर्देशकमा डण्डुराज घिमिरे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 07:31:47 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त भएका छन् । 

मन्त्रालयले घिमिरेलाई महानिर्देशकको रूपमा पठाएको हो । उनले आजबाट नै विभागको महानिर्देशकको रुपमा हाजिर गरेका छन् । घिमिरे मन्त्रालयको प्रवक्ता समेत थिए ।

यसअघिका महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सरुवा गरिएको थियो । उनको सरुवा गरेको तीन सातापछि मन्त्रालयले नयाँ महानिर्देशक पठाएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved