कोरिया सरकारले पठाएको यो पत्र, जुन बन्यो २ युवाको मृत्युको कारण !

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Dec 31, 2023 | 09:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २००७ मा नेपाल सरकार र कोरियाली सरकारबीच जीटूजी सम्झौता भएपछि कोरियाले नेपालबाट श्रमिक लैजान सुरु गरेको थियो । उक्त जीटूजी सम्झौता अनुसार कोरियाले पहिलो पटक सन् २००८ मा नेपालबाट कामदार लगेको हो । जसका लागि कोरियाको भाषा परीक्षामा उत्तिर्ण मात्र भएर पुग्दैन । कोरियाले माग गरेको संख्या भित्र पर्नुपर्ने हुन्छ । 

सुरुवातदेखि नै कोरियाले उत्पादन अर्थात् म्यानुफ्याक्चर र कृषि अर्थात् एग्रिकल्चर क्षेत्रका लागि श्रमिक लैजादै आएको थियो ।  तर, २०२३ देखि भने सिप बिल्डिङ (पानिजहाज निर्माण) का लागि पनि श्रमिक लैजाने सम्झौता भयो । उक्त सम्झौतासँगै ईपीएस कोरिया शाखाले पानिजहाज निर्माणका लागि कोरिया जानका लागि गत साउन १४ गते भाषा परीक्षाको आवेदनका लागि सूचना जारी गर्यो । उक्त सूचना अनुसार साउन २० गतेदेखि २४ गतेसम्म उक्त क्षेत्रका लागि भाषा परीक्षाको आवेदन दिन सकिन्थ्यो । 

सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ४७८ जनाले आवेदन पनि दिए । असोजदेखि मसिंरसम्म सञ्चालित भाषा परीक्षामा ३२ हजार ५०७ जना विद्यार्थी सहभागी भए । जसमध्ये ४ हजार ९८ जना उत्तिर्ण भए । उनीहरुले फेरि मसिंरमा सीप परीक्षा दिए । सीप परिक्षामा ३ हजार ९८९ जना उत्तिर्ण भए ।  ईपीएस शाखाले उनीहरुको नाम रोष्टरमा राख्ने क्रममा रहेको अधिकृत श्रेष्ठ बताउँछन् । 

 साउन १४ गते आवेदन खुलाइएको सूचना पत्रको दफा ९ को उपदफा (ठ) मा यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तिर्ण व्यक्तिहरुले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरु प्रकाशित भएमा सो परीक्षाका लागि समेत आवेदन दिन सक्नेछन् ।’ भन्ने उल्लेख थियो । 


हेर्नुस् सबै क्षेत्रमा आवेदन दिन पाइने उल्लेख भएको सूचना


 त्यसको भोलिपल्ट फेरि शाखाले एकै वर्ष एउटा क्षेत्रमा परीक्षाको आवेदन गरेका व्यक्तिले सोहि वर्ष अर्को क्षेत्रकालागि आवेदन दिन नपाउने सूचना जारी गर्यो । शाखाले भोलिपल्ट साउन १५ गते एचआरडी कोरिया (ह्युमेन रिसोउर्स डेभलपमेन्ट अफ कोरिया) ले एकै वर्ष एक क्षेत्रमा परीक्षा दिएकालाई अर्काे क्षेत्रको परीक्षामा सामेल नगराउनु भनेर ईपीएस कोरिया शाखालाई पत्र पठाएको उल्लेख गर्दै उक्त सूचना जारी गर्यो । एचआडी कोरियाबाट पत्र पाप्त गरेसँगै पत्रका आधारमा एकै वर्ष फरक फरक क्षेत्रमा आवेदन दिन नपाउने सूचना जारी गरेको शाखाका अधिकृत कमल श्रेष्ठ बताउछन् । 


हेर्नुस् एक दिन मै फेरिएको सूचना, जहाँ दुई क्षेत्रमा आवेदन दिन नपाइने उल्लेख छ


के थियो कोरियाले पठाएको पत्रमा ?

एचआरडी कोरिया इपीएस सेन्टरका डेपुटी कन्ट्री रिप्रिजेन्टेटिभ लि हेजुले नेपालको वैदेशिक ओर्ज्गार विभागका महानिर्देशकलाई जुलाई ३१, २०२३ मा पत्र लेखेका थिए । पत्रमा एकै वर्षपत्र दुईपटक भाषा परीक्षाको लागि आवेदन दिन नपाउने उल्लेख गरिएको छ । यसै पत्र पछि नै इपीएस कोरियाले आवेदन खुलाएको दोस्रो दिन मै परिवर्तन गरेको थियो ।

हेर्नुस कोरियाले पठाएको पत्र 

कोरियाले पठाएको पत्र


 शाखाले मसिंर १९ गते शाखाले एक सूचना जारी गर्यो । सूचना थियो 'उत्पादन क्षेत्रका लागि भाषा परीक्षाको आवेदन' दिने बारेमा । जहाँ पौष २ गतेदेखि आवेदन दिन सूचना जारी भएको थियो । उक्त सूचनाको दफा ५ मा आवेदकको योग्यताको बारेमा उल्लेख गरिएको थियो ।

जस अन्तर्गत दफा ५ को (च) मा लेखिएको थियो 'सन् २०२३ भित्र ईपीएस टपिक परीक्षाको आवेदन नदिएको ।’ अर्थात उत्पादन क्षेत्रमा आवेदन दिनका लागि सन् २०२३ मा अन्य कुनै क्षेत्रकालागि ईपीएस टपिक परीक्षाको आवेदन नदिएको हुनुपर्ने व्यवस्था सो सूचनाले स्पष्ट पार्यो । सिप बिल्डिङ अनुत्तिर्ण भएका विद्यार्थीले उक्त दफा ५(च) को विरोध गरे । जसले २ जनाको मृत्युसम्म घटना निम्त्यायो ।

यसरी उत्पादन तर्फ आवेदन दिन बञ्चित भएका मध्ये सुरज पाठक सहित १८ जनाले सन् २०२३ मा आवेदन माग गरिएको परीक्षा आवेदन फाराम भर्न पाउनु पर्ने माग राखि ईपीएस शाखा, वैदेशिक रोजगार विभाग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा निवेदन पेश गरेका थिए । 

ति आवेदकहरुको पक्षमा उच्च अदालत पाटनले आदेश दियो । सो आदेशपछि शाखाले अदालत गएका ति १८ जनाले मात्र उत्पादन क्षेत्रका लागि आवेदन दिन पाउने गरी सूचना जारी गर्यो । १८ जनालाई पौष १३ गते आवेदन भर्न १० बजेदेखि १३ बजेको समय तोक्यो । सिप बिल्डिङ तर्फका अनुत्तिर्ण बाँकी सबैलाई शाखाले बञ्चित गरेपछि उनीहरु झन् आक्रोशित भए । 

शाखाले एचआडी कोरियाको नियम भन्दै सिप बिल्डङमा सामेल भएकालाई उत्पादनमा बञ्चित गराएपछि अदालतको आदेशपछि भने १८ जनालाई आवेदन खुलायो । यदि कोरियाकै व्यवस्था थियो भने नेपालको अदालतले भन्दैमा कोरियाको नियम कसरी परिवर्तन भयो ? यो एउटा आम चासोको विषय रहेको छ। यसबारेमा शाखाका अधिकृत श्रेष्ठले भने अदालतको आदेशपछि यसबारे एचआरडी कोरियालाई जानकारी गराइएको बताए । यस्तै उनले श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालय सहित कानुनी सल्लाह लिएर नै १८ जनाका लागि आवेदन खुलाएको बताए । उनले भने 'हामीले अदालतको आदेश मान्नै पर्छ । अदालतको आदेशपछि हामिले छलफल गरेर नै १८ जनाका लागि आवेदन खुलाएका हौँ ।'

यता विभागका सूचना अधिकारी कबिराज उप्रेतिले पनि एचआरडी कोरियालाई अदालतले आदेश बारे जानकारी गराएर १८ जनाकालागि आवेदन खुलाएको बताए । उनका अनुसार एचआरडी कोरियाले मौखिकरुपमा सकारात्मक धारणा व्यक्त गरेपछि १८ जनाका लागि आवेदन खुलाईएको थियो । 

शाखाले १८ जनाकालागि आवेदन खुलाएसँगै १३ गते शुक्रबार सिप बिल्डिङमा अनुतिर्ण भएका (१८ जना बाहेक)ले शाखा परिसरमा प्रदर्शन गरे। प्रदर्शनले उग्र रुप लिंदा भौतिक  पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी पनि भयो ।  २ जना प्रदर्शनकारीको मृत्यु समेत भयो । कोरियाले ३१ जुलाई २०२३ मा पठाएको पत्र नै २ जनाको मृत्युको कारक बन्न पुग्यो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved