कोरिया रोजगारी : सिप बिल्डिङमा सामेल ४ हजार बढीले दिए उत्पादन क्षेत्रकालागि आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 05:47:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिप बिल्डिङमा आवेदन दिएका ४ हजार बढीले उत्पादन क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन दिएका छन् । ईपीएस कोरिया शाखका अनुसार सोमबार ४ बजेसम्म ४ हजार बढीले आवेदन दिएका हुन् । 

शाखाले सिप बिल्डिङमा आवेदन दिएकाहरुको लागि सोमबारबाट आवेदन खुलाएको हो । आवेदन खुलाएको पहिलो दिन उक्त संख्यामा युवाहरुले फर्म भरेका हुन् । सिप बिल्डिङको परीक्षा दिएर अनुत्तिर्ण सबैले आवेदन दिन पाउनेगरी शाखाले शुक्रबार सूचना जारी गरेको थियो ।

उक्त क्षेत्रमा परिक्षा दिएर अनुत्तिर्ण भएका ३२ हजार युवाले उत्पादन क्षेत्रमा आवेदन दिन पाउने छन् । जसअन्तर्गत पौष १८ गतेसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved