बालकुमारी घटना र ईपीएस परीक्षाबारे कोरियाली राजदुतसँग छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 04:53:43 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले नेपालस्थित कोरियाली राजदुतसँग छलफल गरेको छ । बालकुमारी घटना र ईपीएस परीक्षाको विषयमा  मंगलबार मन्त्रालयमा छलफल भएको हो । 

छलफलमा नेपालस्थित कोरियाली राजदूत पार्क तेयोङले शुक्रबार भएको घटनाप्रति दुख व्यक्त गरेको मन्त्रालयका प्रवक्ता राजिप पोखरेलले जानकारी दिए । यस्तै, सिप बिल्डिङतर्फ अुर्तिर्ण भएकालाई उत्पादन क्षेत्रमा परीक्षा दिन कोरिया सकारात्मक रहेको पोखरेलले बिजपाटीलाई जानकारी दिए । तर, उनीहरुको हकमा के कसरी गर्ने भन्नेबारे थप निचोड निकाल्न एक टेक्निकल समिति गठन गर्ने निर्णय भएको पोखरेलले जनाए । 

उच्च अदालतको आदेशपछि ईपीएस कोरिया शाखाले सिप बिल्डङमा सामेल विद्यार्थीलाई नि उत्पादन तर्फ पनि आवेदन खुलाएकोे थियो । तर, एचआरडी कोरिया भने यस विषयमा मौन रहेको थियो । ईपीएस कोरिया शाखाले एचआडीसँग यसबारे राय मागेको थियो । तर, एचआरडीले राय पठाएको थिएन । 

यहि विषयको बारेमा सोमबार राजदुतसँग मन्त्रालयले छलफल गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved