रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 07:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन भएको छ । वैदेशिक रोजगार विभागले बिहिबार एक सूचना जारी गर्दै उक्त २ देशकालागि स्वीकृति स्थगन गरिएको जनाएको हो । 

रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको उल्लेख गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि स्वीकृति स्थगन गरेको विभागले जनाएको छ । 

विभागका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्युनीकरण गर्न स्विकृती स्थगन गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved