म्यानपावर व्यवसायी कुटिए, आक्रमण गर्नेलाई कारबाही गर्न संघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 03:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश पठाएर भने जस्तो काम नदिएको भन्दै म्यानपावार व्यवसायीमाथि आक्रमण गरेका छन् । अलर्ट ओभरसिज प्रा.लि. र बोन म्यानपावर प्रा.लि.का सञ्चालकमाथि पीडित संघको नाममा पुगेका व्यक्तिहरुले आक्रमण गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीमाथि भएको आक्रमणको विरोध गर्दै आक्रमणमा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।

‘वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दा कुनै समस्या आए, व्यवसायीबाट कुनै गल्ती कमी कमजोरी भए, त्यसउपर वैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिने व्यवस्था छ । क्षतिपूर्ति दिनुपर्ने भए क्षतिपूर्ति दिने व्यवस्था छ । कामदारलाई नेपाल झिकाउनुपर्ने भए कामदार झिकाउन लगाउने जस्ता काम कारबाही वैदेशिक रोजगार विभागले गर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगार ऐन कानूनले चिन्दै नचिनेको संस्थाको अध्यक्ष वा प्रतिनिधि हुँ भनी आक्रमणमा संलग्न व्यक्तिहरुउपर कठोर कानूनी कारबाही गर्न गृह प्रशासनसमक्ष जोडदार माग गरिन्छ’, संघले विज्ञप्तिमा भनेको छ ।

हेर्नुस् संघको विज्ञप्ति:




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved