ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी मैयाँ कँडेललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 04:43:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी मैयाँ कँडेलले पाएकी छन् ।  श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले शुक्रबार देखि हाजिर हुनेगरी उनलाई शाखामा खटाएको हो । 

पौष १३ गते २ जनाको मृत्यु हुनेगरी भएको बालकुमारी घटनासँगै शाखाका निर्देशक गुरुदत्त सुवेदी निलम्बीत भएका थिए । त्यसयता शाखा निर्देशक बिहिन भएको थियो । 

 उपसचिव रहेकी कँडेल शुक्रबारबाट शाखामा हाजिर भएकी हुन् । यस अघि उनी मन्त्रालयको सिप विकास तथा तालिम शाखामा लैङ्गिक सम्पर्क व्यक्तिको रुपमा थिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved