साउदी जाने कामदारको बायोमेट्रीक गर्नेुपर्ने निर्णयको विरोध, सिन्डिकेट लाद्न खोजेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 08:27:27 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबमा नेपाली कामदार पठाउँदा बायोमेट्रीक गर्नेुपर्ने प्रणालीको विरोध जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले उक्त सिस्टमले विदेश जाने श्रमिकलाई आर्थिक भार सहित थप झन्झट भएको उल्लेख गरेको हो ।

 नेपाल स्थित साउदी राजदूतावासले नेपालको समबन्धित निकायसँग समन्वय नै नगरी उक्त प्रणाली लादेको भन्दै संघले त्यसको विरोध गरेको हो । त्यो प्रणाली नेपाली कामदारको हित विपरित रहेको व्यवसायीहरुको धारणा छ । 

संघले उक्त प्रणालीले नेपाली कामदारलाई खतरा निम्तिने औँल्याएको छ ।  साउदी अरब कामदार पठाउँदा जनवरी १, २०२४ देखि लागू गरिएको अनिवार्य बायोमेट्रीक प्रणाली कामदारको लागी आर्थिक भार थपिएको संघले उल्लेख गरेको छ ।

 हाल ७२० रुपैयाँ शुल्क भनिए पनि कालान्तरमा चर्को रकम असुलिने संघको दाबी छ। त्यस्तै साउदी अरब सरकारको मातहत रहेको गाम्का मेडिकल गर्दा नै निःशुल्क बायोमेट्रिक गर्न सक्ने हुँदा बायोमेट्रीक प्रणाली अनावश्यक र कामदार लाई थप आर्थिक भार पार्ने कार्य नै गलत रहेको संघले जनाएको छ  ।

 मेडिकल पश्चात् बायोमेट्रीक गर्नुको कुनै औचित्य नभएको, यो सिस्टम खडा गरि लिमिट कोटा निर्धारण र चलखेल हुने सम्भावना बढेको, भिएसएफ गरेर पुनः साउदी अरब दूतावास काठमाडौको कन्सुलर शाखामा भिसाको लागि म्यानुवल राहदानी बुझाउनु पर्ने झन्झट रहेको, अनावश्यक कागजात पेश गर्नुपर्ने झन्झट थपिएको, बायोमेट्रीक प्रणाली मार्फत नियन्त्रण गर्ने र सिमित व्यवसायीलाई मात्रै काम गर्न दिन सक्ने व्यवस्था गर्दै एकाधिकार सृजना गर्ने प्रयत्न गरिएको संघको भनाई छ ।

 भारत लगायत देशहरुमा बिरोध पश्चात् बायोमेट्रीक प्रणाली स्थगित भएको पनि संघले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved