राप्ती हाइड्रोले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 08:27:49 AM मा प्रकाशित

laxmi  sunrise bank

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ  । 

कम्पनीले जेठ ११ गते बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो  । सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने र आईपिओबाट संकलन हुने रकमको उपयोग गर्ने निर्णय गर्ने विशेष प्रस्ताव पेश हुने छ  । त्यस्तै नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भईआएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पनि पेश हुने छ  । 

त्यस्तै साधारण प्रस्ताव अन्तर्गत  वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने ,   बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved