तल्लो इन्द्रावतीको लाईसेन्स नेशनल हाइड्रोले पाउने निश्चित, विभागले गर्यो सबै कम्पनीलाई पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 03:50:03 PM मा प्रकाशित

laxmi  sunrise bank

तल्लो इन्द्रावती हाइड्रोपावर परियोजनाको लाईसेन्स  नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाउने लगभग निश्चित भएको छ । विद्युत विकास विभागले सबै भन्दा बढी रकम कबुल गरेको नेशनल हाइड्रोपावरलाई लाईसेन्स दिने प्रक्रिया अगाडी बढाएको हो । 

सबै भन्दा बढी रकम कबुल गरेको नेशनललाई लाईसेन्स नदिनु पर्ने कुनै कारण भए तथ्य दाबी सहित उजुरी गर्न आवेदन दिएका सबै कम्पनीलाई पत्राचार गरिएको विभागका महानिर्देशक नविन राज सिंहले जानकारी दिए  । यो प्रक्रिया अनुसार कै कार्य भएको र यदि कुनै आवेदकलाई यो निर्णय चित्त नबुझे तोकिएको समयमा उजुरी गर्न सक्ने उनले बताए  ।  यदि कुनै उजुरी नआए नेशनललाई सम्झौता गर्न बोलाउने र यदि उजुरी आएमा त्यसको छानविन गरेर थप निर्णय हुने उनले बताए  ।  

विभागले प्राविधिक रुपमा योग्य देखिएका नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, वाइबा एण्ड लामा, आरएम इन्भेष्टमेनट कम्पनी, र लोवर इर्खुवा हाइड्रोपावरलाई आर्थिक प्रस्ताव पेश गर्न भनेको थियो । जसमा नेशनल हाइड्रोले नेपाल सरकारलाई सबैभन्दा बढी रकम बुझाउने कबुल गरेको थियो । 

 खुला बिडिंग मार्फत आब्हान गरिएकोमा तल्लो इन्द्रावती हाइड्रोपावर परियोजना निर्माणको लागि यी ४ संस्था प्राविधिक रुपमा योग्य ठहरिएका हुन्। तल्लो इन्द्रावती हाइड्रोपावर परियोजना ४ दशमलव ५ मेगावाटको परियोजना हो। नेशनलले लाईसेन्स पाएमा उसको ६५ करोड रुपैयाँ ‘राइट ब्याक’ हुने छ र कम्पनी लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्ने छ


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved