मेन्छियाम हाईड्रोपावरले आईपीओ ल्याउने, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 06:04:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । स्थानीयबासी तथा सर्वसाधारणहरुका लागि साधारण सेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटल NIC Asia Capital र मेन्छियाम हाइड्रोपावर लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved