सान्जेन जलविद्युत कम्पनीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 01:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सान्जेन जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १३ गते मंगलबार स्मार्ट क्याफे धुम्बाराहीमा सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूवाट आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदनको प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तसम्मको वासलात र आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा सम्वद्ध अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, कम्पनीको आ.व. २०७८/७९ को हिसाव किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  

यस कम्पनीले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ । माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान  सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved